२६ श्रावण २०७७ सोमबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियासँगको बैठक उपलब्धिमूलक हुनेमा ट्रम्प आशावादी

फाइल तस्बिर

वासिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको आगामी बैठकप्रति आशावादी रहेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले वार्ताका बारेमा प्रतिक्रिया दिँदै आगामी हप्ता भियतनामको हनोइमा हुन लागेको उत्तर कोरियाली नेतासँगको बैठकप्रति आफू निकै आशावादी रहेको बताए।

'यसको अर्थ आगामी बैठक नै अन्तिम भन्ने त होइन तर पनि मलाई लाग्छ त्यो बैठक सफल हुनेछ', उनले भने। बैठकबाट दुई देशबीचको सम्बन्धमा अहिलेको भन्दा अझै सुधार आउने ट्रम्पकाे विश्वास छ। बैठकपछि अमेरिकाले उत्तर कोरियामाथि लगाएका केही नाकाबन्दीहरुमा पनि खुकुलो पारिने बताइएकाे छ। राष्ट्रपति ट्रम्पले यदि उत्तर कोरियाले अमेरिकाले यसअघि भन्दै आएका केही कुराहरुमा सहमति जनायो भने अमेरिकाले पनि त्यस्तो नाकाबन्दीलाई खुकुलो पार्ने बताए।

अमेरिकाले वास्तविक रुपमा उत्तर कोरियाको नाकाबन्दीको हटाउन चाहेको तर पनि उत्तर कोरियाको तर्फबाट पनि निःशस्त्रीकरण पूर्ण रुपमा लागू भएको हेर्न आफूले चाहेको पनि राष्ट्रपति ट्रम्पले बताए। 

प्रकाशित: ९ फाल्गुन २०७५ १६:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App