१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

सरस्वती पूजा कार्यक्रममा सांसदको गोली हानी हत्या

सत्यजितकाे फेसबुकबाट

भारत - भारतकाे पश्चिम बंगालमा एक जना सांसदको गोली हानी हत्या गरिएको छ। पश्चिम बंगालमा तृणमुल कांग्रेस(टीएमसी) का विधायक सत्यजित विश्वासलाई अपरिचित व्यक्तिले गोली हानेको त्यहाँका प्रहरी अधिकारीले जनाएका छन्।

बीबीसीले जनाएअनुसार पश्चिम बंगालको मजधिया इलाकामा आयोजित सरस्वती पूजाको एक कार्यक्रममा भाग लिन विश्वास त्यसतर्फ गएका थिए। कार्यक्रमको बीच समयमा उनी मञ्चबाट उठिरहेका थिए। त्यसैबेला एक अज्ञात व्यक्तिले उनीमाथि गोली हानेका थिए। त्यहाँ सयभन्दा बढी व्यक्ति कार्यक्रममा सहभागी थिए। सांसद विश्वासलाई हानिएको बन्दुक त्यहाँका प्रहरीले बरामद गर्न सफल भएका छन्।

हत्याबारे प्रहरीले यकीन तथ्य फेला नपारे पनि तृणमुल कांग्रेसले यस हमलामा बीजेपीको हात रहेको आरोप लगाएको छ। टीएमसीका महासचिव पार्थो चटर्जीले भने, ‘घटनामा बीजेपीको हात छ,बंगालका मानिसले यस घटनबारे जवाफ दिनुपर्छ।’ तर, भारतीय जनता पार्टीले भने टीएमसीभित्रै चलेको आपसी झगडाका कारण यस्तो नतिजा आएको बताएको छ। बीजेपीका प्रवक्ता संयतनले भने, ‘यो घटना टीएमसीकै भित्रको गुटबन्दीले भएको हो, उनीहरुकै आपसी झगडाको नतिजा हो यो।’ विश्वास बंगलादेश सीमामा जोडिएको कृष्णगन्ज विधानसभाका विधायक थिए।  

 

प्रकाशित: २७ माघ २०७५ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App