coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतकाे आगामी प्रधानमन्त्रीमा ममता बनर्जीकाे नाम चर्चामा

कोलकाता- भारतीय जनता पार्टीको पश्चिम बङ्गालका अध्यक्ष दिलीप घोषले यदि भारतमा बङ्गाली मूलका नागरिकले प्रधानमन्त्री हुने अवसर पाए भने त्यसका लागि ममता बेनर्जी नै सक्षम रहेको बताएका छन्। अहिले बेनर्जी पश्चिम बङ्गालको मुख्य मन्त्री छिन। अध्यक्ष घोषले ममता बेनर्जीको ६४ औँ जन्म दिनको शुभकामना दिँदै भने, यदि बङ्गाली समुदायका नागरिकले भारतको प्रधानमन्त्री हुने अवसर पाए भने त्यसका लागि ममता नै पहिलो र सक्षम व्यक्ति हुनुहुन्छ र त्यसका लागि उहाँ अरु भन्दा सक्षम व्यक्ति हुनुहुन्छ। 

उनले थपे, बेनर्जीले पश्चिम बङ्गालको प्रतिनिधित्व गर्नुहुन्छ र मलाई लाग्छ उहाँ नै भारतको सक्षम र योग्य प्रधानमन्त्री हुनुहुनेछ। यदि मलाई आफ्नो पार्टीबाट प्रधानमन्त्री को हुने भनी सिफारिश मागियो भने पनि मैले बेनर्जीलाई नै सबैभन्दा योग्य र एकमात्र उम्मेदवारका रुपमा सिफारिश गर्नेछु। 

तर उनको यो अभिव्यक्तिलाई पार्टीभित्र भने अकस्मात भनिएको छ। उनले केही समयअघि गरेकाे टिप्पणीमा ममता बेनर्जीको पश्चिम बङ्गालको यात्रामा गतिरोध उत्पन्न भएको र उनले सक्रिय रुपमा काम गर्न नसकेको भनी सार्वजनिक टिप्पणी गरेका थिए। 

अध्यक्ष घोषले थपे, भारतीय कम्युनिष्ट पार्टी (माक्सिस्ट्) का नेता ज्योति बसु भारतको प्रधानमन्त्री हुन सक्नुहुन्न तर ममता बेनर्जीमा भने भारतको प्रधानमन्त्री बन्ने क्षमता छ। बङ्गाल क्षेत्रबाट भारतले प्रधानमन्त्री प्राप्त ग-यो भने त्यो अत्यन्तै राम्रो हुनेछ र यो समुदायको सूचीमा बेनर्जी प्राथमिकतामा नै रहेको उनको भनाई छ। 

उनले भने, एकपटक बसु पनि प्रधानमन्त्री हुने भनी नाम आएको थियो तर पनि अहिले भने उहाँ त्यो सूचीमा हुनुहुन्न, किनभने उहाँलाई उहाँकै कम्युनिष्ट पार्टीले प्रधानमन्त्रीको सूचीमा अहिले राखेको छैन। 

प्रकाशित: २२ पुस २०७५ १३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App