१० आश्विन २०७७ शनिबार
अन्तर्राष्ट्रिय

रूसमाथि थप प्रतिबन्धको घोषणा गरिने

अर्जेन्टिना- यूरोपेली संघ (इयू) ले मस्कोको यूक्रेनमाथिको आक्रोश यही अवस्थामा रहेमा इयूले आगामी महिना (डिसेक्बर)मा रूसमाथि थप प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएकाे छ। इयू प्रमुख डोनाल्ड टस्कले रूसमाथि थप प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएका हुन्।

टस्कले जी–ट्वान्टी शिखर सम्मेलन सुरु हुनुपूर्व अजेन्टिनाको राजधानी ब्यूनर्स आयर्समा सञ्चारकर्मीसँगको कुराकानीमा भने, “अजोभ समूद्र क्षेत्रको विवादप्रति इयूको ध्यानाकर्षण भएको छ। रूसले यूक्रेनी जहाजमाथि बल प्रयोग गरेको इयूलाई स्वीकार्य छैन।” 

“युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा आँच आउनेगरी रूसले गर्ने गतिविधिप्रति सम्वेदनशील बन्दै युरोप एकतावद्ध रहनेछ। त्यसैले म विश्वस्त छु आगामी डिसेम्बमा रूसविरूद्ध थप प्रतिबन्ध लगाउने निर्णय लिन सक्छ।” एएफपी

प्रकाशित: १४ मंसिर २०७५ २१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App