coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

खसोग्गी हत्यामा पारदर्शी अनुसन्धानको माग

बहराइनको मानामामा आयोजित सुरक्षासम्बन्धी सम्मेलनमा सम्बोधन गर्दै अमेरिकी रक्षामन्त्री जिम म्याटिस। तस्बिर : एजेन्सी

वासिङ्टन – अमेरिकी रक्षामन्त्री जिम म्याटिसले पत्रकार जमाल खसोग्गीको हत्यामा पारदर्शी अनुसन्धानको माग गरेका छन्।

साउदी अरबका विदेशमन्त्री अदेल अल–जुबेरसँग आफूले भेट गरेको र सो भेटका क्रममा पत्रकार खसोग्गीको हत्यामा पारदर्शी अनुसन्धानको माग गरेको रक्षामन्त्री म्याटिसले आइतबार बताएका छन्।

बहराइनमा आयोजित सुरक्षासम्बन्धी एक सम्मेलनका क्रममा शनिबार आफूले साउदीका विदेशमन्त्री जुबेरसँग भेट गरेको र पत्रकार खसोग्गी हत्याको विषयमा कुराकानी गरेको रक्षामन्त्री म्याटिसलाई उद्धृत गर्दैै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

‘खसोग्गी हत्याको विषयमा हामीले छलफल ग-यौं । हामीले के विषयमा कुराकानी ग¥यौं भन्ने तपाईंहरुलाई पनि पक्कै थाहा छ । मैले पारदर्शी, पूरा र पूर्ण अनुसन्धानको माग गरेको छु,’ आफूसँगै पराग जाँदै गरेका पत्रकारहरुको सानो समूहलाई रक्षामन्त्री म्याटिसले बताए।

‘जुबिरले कुनै फरक मत नराखी सो विषयमा सहमति जनाए । उनले वाणिज्य दूतावासमा के भएको थियो भन्ने विषय मिलेर बुझ्नुपर्ने पनि बताए,’ म्याटिसलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खसोग्गी हत्याको मुद्दामा आफू अन्तिमसम्मै पुग्न चाहेको बताएका छन् । उनले इरानविरुद्धको गठबन्धन भूमिकालाई महत्व दिँदै इस्लामिक लडाकुसँग लड्न पनि रियादको साथ अपरिहार्य रहेको बताएका छन् । उनले साउदी अरब अमेरिकी हतियारको प्रमुख खरिदकर्ता भएको विषयलाई पनि उत्तिकै महत्व दिएको रोयटर्सले जनाएको छ।

बहराइनमा आयोजित सुरक्षासम्बन्धी सम्मेलनमा साउदीका विदेशमन्त्री जुबिरले शनिबार रियाद र वासिङ्टनको सम्बन्ध फलामले बनेको बताएका थिए। उनले खसोग्गी हत्याका विषयमा पश्चिमा सञ्चारमाध्यमले उत्तेजना फैलाएको आरोपसमेत लगाएका थिए।

सोही सम्मेलनमा अमेरिकी रक्षामन्त्री म्याटिसले साउदी अरबविरुद्ध कडा शब्द प्रहार गरेका थिए । उनले पत्रकार जमाल खसोग्गीको हत्याले मध्यपूर्वको स्थायीत्वलाई नजरअन्दाज गरेको र वासिङ्टनले हत्यामा संलग्नविरुद्ध थप कदम चाल्ने बताएका थिए । यमनमा साउदीले नेतृत्व गरिरहेको गठबन्धनलाई अमेरिकाले गरिरहेको सहयोगमा पत्रकार जमाल खसोग्गी हत्या प्रकरणले सीमित पार्छ भन्ने पत्रकारको प्रश्नको जबाफ दिँदै रक्षामन्त्री म्याटिसले भने,‘साउदीको सुरक्षाका लागि हामीले सहयोगलाई निरन्तरता दिन्छौं।’

खसोग्गी हत्यापछि वासिङ्टनले अहिले नै २१ जना साउदी नागरिकको भिसालाई रद्द गर्ने वा उनीहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने कदमको घोषणा गरिसकेको छ।

वासिङ्टन पोस्टका स्तम्भकार खसोग्गी पूर्वपत्नीसँग भएको सम्बन्धविच्छेदको प्रमाणित कागजात बनाउन टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा गएकै बेला तीन साताअघि हत्या भएको थियो । उनको हत्यामा साउदीको शक्तिशाली राजपरिवारकै निर्देशन रहेको भन्दै विश्वभरबाट रियादको आलोचना भइरहेको छ । आलोचना बढेपछि विश्वकै प्रमुख तेल निर्यात राष्ट्र साउदी अरब अहिले संकटमा फसेको छ।

खसोग्गीकी प्रेमिकाले उनी बेपत्ता भएको सार्वजनिक गरेकी थिइन् । खसोग्गी बेपत्ता भएको विषय बाहिरिएपछि टर्कीले साउदीको वाणिज्य दूतावासमै उनको हत्या भएको र त्यसबारे आफूसँग प्रमाण रहेको बताएको थियो । टर्कीलगायतका देशले खसोग्गीको हत्यामा साउदी सरकारकै संलग्नता रहेको बताए पनि सुरुमा रियादले सो आरोप अस्वीकार गरेको थियो । पछि, उसले खसोग्गीको वाणिज्य दूतावासभित्र भएको झगडाका क्रममा मृत्यु भएको र त्यसमा आफ्ना खराब एजेन्टहरु दोषी रहेको आरोप लगाएको थियो । यद्यपि उसले विभिन्न अन्तर्राष्ट्रिय समाचारमाध्यममा भनिए जस्तो साउदीका शक्तिशाली युवराज मोहम्मद बिन सलमानको आदेशमा खसोग्गीको हत्या भएको भन्ने विवरणलाई भने अस्वीकार गर्दै आइरहेको छ । सुरुमा साउदीले पत्रकार खसोग्गीको हत्याबारे केही पनि बताउन चाहेको थिएन तर अहिलेसाउदीका सार्वजनिक अभियोजनकर्ताले खसोग्गी हत्या पूर्वनियोजित भएको स्वीकार गरिसकेका छन्। खसोग्गीलाई साउदीका शक्तिशाली युवराज मोहम्मद बिन सलमानका कडा आलोचकका रूपमा समेत लिइन्थ्यो।

प्रकाशित: १२ कार्तिक २०७५ ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App