७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बाढीका कारण केरलामा ज्यान गुमाउनेकाे संख्या ३ सय २४ पुग्याे

केरला - भारतको केरलामा अविरल वर्षासँगै आएको बाढीमा परी हालसम्म मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ । पछिल्लो १० दिनमा मात्रै १ सय ७३ जनाले बाढीमा ज्यान गुमाएका छन् भने शुक्रबार मात्रै १ सय ६ जनाले मृत्यु भएकाे छ।

केरलाका कुल १४ जिल्लामध्ये १२ जिल्लामा बाढीका कारण रेड अलर्ट जारी गरिएको छ भने कासरगोड र तिरवनंतपुरको रेड अलर्ट हटाइएको छ। बाढीका कारण त्यहाँको जनजिवन निकै कष्टकर बनेको छ। शुक्रबारमात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उक्त क्षेत्रमा पुगी त्यहाँको अवस्थाका बारेमा जानकारी लिएका थिए भने उद्धार र राहतमा भइरहेका प्रयासका बारेमा अधिकारीहरुसँग छलफल समेत गरेका थिए। 

बढीका कारण हजारौं मानीसहरु उद्धारको आसामा घरका छतमा बसिरहेका छन्। कतिपय बासिन्दालाई सुरक्षाकर्मीहरुले उद्धार गर्दै निकालेका छन् । उद्धारकार्यमा खटिएका उद्धारकर्मीहरुले हालसम्म ८२ हजार ४ सय ४२ जनाको उद्धार गर्दै सुरक्षित स्थानमा सारिसकेका भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन्। 

 

प्रकाशित: २ भाद्र २०७५ ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App