९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जनतालाई सेवा दिन नसकेको भन्दै मन्त्री बर्खास्त

सरकारले जनतालाई यथेष्ट सुविधा नदिएको भन्दै नजाफ सहरमा प्रदर्शनमा उत्रिएका इराकी जनता । फाइल तस्बिर : रोयटर्स

बग्दाद– इराकी प्रधानमन्त्री हैदर अल–अबादीले आफ्नो मन्त्रिपरिषदका एक सदस्यलाई बर्खास्त गरेका छन्।

प्रधानमन्त्री अबादीले देशको विद्युत मन्त्रीलाई जनताको सेवा गर्न नसकेको र लोडसेडिङ अन्त्य गर्न नसकेको भन्दै पदमुक्त गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।भ्रष्टाचार र लोडसेडिङ बढेको भन्दै इराकमा विद्युतमन्त्रीविरुद्ध लगातार प्रदर्शन बढेपछि प्रधानमन्त्री अबादीले यस्तो निर्णय लिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

जनताको अति नै आवश्यक सेवामा कमी ल्याएको भन्दै प्रधानमन्त्री अबादीले विद्युतमन्त्री क्वासिम अल–फादावीको भूमिकालाई पनि अनुसन्धान गर्न आन्तरिक सरकारलाई विज्ञप्तिमार्फत आदेश दिएको रोयटर्सले जनाएको छ । विद्युतमन्त्री फादावीबाट भने तत्काल कुनै प्रतिक्रिया बाहिरिएको छैन । देशमा चर्को गर्मीका बेला विद्युत आपूर्ति नभएको भन्दै इराकका विभिन्न सहरमा सरकार विरोधी प्रदर्शन भइरहेका छन्।

प्रधानमन्त्री अबादीले शनिबार पाँच जना स्थानीय निर्वाचन अधिकारीलाई पनि पदबाट हटाएका थिए । मे १२ मा भएको संसदीय निर्वाचनमा भ्रष्टाचार गरेको अभियोग लागेपछि ती अधिकारीलाई हटाइएको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । मे १२ को निर्वाचनमा धाँधली भएको भन्दै पुनः मत गणनाको माग भइरहेकै बेला नयाँ सरकार बन्न सकिरहेको छैन । जसका कारण इराकी जनतामा आक्रोशको तह बढिरहेको छ । दोस्रो कार्यकालका लागि पनि तयारी गरिरहेका अबादी अहिले इराकको काम चलाउ सरकारका प्रधानमन्त्री हुन्।
 

 

प्रकाशित: १४ श्रावण २०७५ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App