१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

विरोधकाबीच ट्रम्प बेलायत भ्रमणमा

लण्डन- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमण शुरु गरेका छन्।

उनको दुईदिने भ्रमण तालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन्। ट्रम्पले रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गर्ने छन्।

ट्रम्पलाई बेलायती प्रधानमन्त्री टेरेशा मेले ब्लेन्हीम प्यालेसमा स्वागत भेट गर्ने कार्यक्रम रहेको छ। अमेरिकी राष्ट्रपतिका रूपमा उनले गरेकाे यो पहिलो बेलायत भ्रमण भए पनि बेलायतमा उनको व्यापक विरोध भएको छ। 

दशौँ हजार प्रदर्शनकारीहरूले उनको भ्रमणका विरुद्धमा प्रदर्शन गर्ने तयारी गरेको बताइएको छ। 

प्रकाशित: २८ असार २०७५ १६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App