८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बेलायतले अफगानिस्तानमा थप सेना पठाउने

लण्डन- बेलायतले अफगानिस्तानमा थप ४४० जना सैनिक पठाउने भएको छ। अफगानिस्तानको शान्तिको विषयमा भएको कुराकानीमा बेलायती प्रधानमन्त्रीले यो प्रतिबद्धता व्यक्त गरेकी हुन्।

बेल्जियमको राजधानी ब्रसेल्समा बुधबार सम्पन्न नेटो आवद्ध देशहरुको बैठकका क्रममा बेलायती प्रधानमन्त्री थेरेसा मेले सो प्रतिबद्धता व्यक्त गरेकाे अधिकारीहरुले जानकारी दिएका छन्। 

अफगानिस्तानको शान्ति सुरक्षामा पछिल्ला समयमा चुनौतीहरु थपिन लागेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा थप सेना पठाउन नेटो गठबन्धन बेलायतलाई आग्रह गरेका थिए।

प्रधानमन्त्री मेले ती सेनाहरु वेल्स गार्डस् रेजिमेन्ट्सबाट पठाइने जानकारी दिइन। उनका अनुसार ४४० सेनामध्ये आधालाई आगामी अगष्ट महिनामा र अरू आधा भने आगामी वर्षको फेब्रुअरीमा पठाइने छ। ती सेनाले अफगानिस्तानमा शान्ति र स्थायित्वका लागि ठूलो मात्रामा सघाउने उनकाे आशा छ।

योसहित अफगानिस्तानमा बेलायती सेनाको सङ्ख्या एक हजार १०० पुग्ने बताइएको छ। हाल अफगानिस्तामा १६ हजार नेटो सैनिक छन्। तीमध्ये करिब १३ हजार जना अमेरिकी सैनिक मात्र रहेको ब्रसेल्समा आयोजित उक्त नेटो बैठकमा जानकारी गराइएको थियाे।

प्रकाशित: २७ असार २०७५ १४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App