१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

चीनमा सडक दुर्घटनामा परी १८ को मृत्यु, १४ घाइते

चाङ्सा- चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ। शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन्। 

स्थानीय अधिकारीले दुर्घटना र यसबाट भएका हताहतको शनिबार जानकारी दिएका छन्। स्थानीय समयानुसार शुक्रबार बेलुका ८ः४१ मा दुर्घटना भएको थियो।  

तिव्रगति आएको बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन्। 

घाइते भएकालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घटनाका बारेमा प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ। 

प्रकाशित: १६ असार २०७५ १२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App