१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

मुस्लिम नागरिकलार्इ अमेरिका प्रवेशमा कडाई गर्ने ट्रम्पकाे निर्णय सदर

वासिंटन - अमेरिकाको सर्वोच्च अदालतले ६ मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णयकाे सदर गरेको छ ।

मुस्लिम वाहुल्य ६ वटा देशसहित विभिन्न आठ देशका यात्रुविरुद्ध राष्ट्रपतिले लगाएको प्रतिबन्ध सर्वोच्च अदालतको फैसलाले सदर गरेको हो ।सर्वोच्च अदालतका ९ जना न्यायाधीशको इजलासमा सुनुवाई भएकोमा राष्ट्रपति ट्रम्पले गरेको निर्णयका पक्षमा ५ जना न्यायाधीश देखिएका थिए ।यसलाई ट्रम्पको सबैभन्दा ठूलाे उपलब्धी मानिएकाे छ ।


अदालतको फैसलामा राष्ट्रपतिले लागू गर्न खोजको यात्रा प्रतिबन्धबाट अमेरिकी आप्रवासन कानुन वा देशको संविधानको प्रथम संशोधन बमोजिम सरकारले कुनै पनि धर्मको पक्ष लिन नहुने भन्ने प्रावधानको उल्लंघन नभएको समेत बताइएकाे छ।

पाँच जना न्यायाधीशहरुको समर्थनमा अाफ्नाे पक्षमा फैसला भएपछि ट्रम्पले खुसी व्यक्त गरेका छन् ।उनले  मुलुकमा अातंकवादी गतिविधी बढेकाे भन्दै  सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए।

 

प्रकाशित: १३ असार २०७५ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App