न्यूयाेर्क - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आप्रवासी नीतिमा फेरबदल गरेका छन् ।
आप्रवासीलाई उनीहरुका बच्चासँग अलग गराउने नीतिको कारण सर्वत्र आलोचना भएपछि ट्रम्पले उक्त नीति फिर्ता लिएका हुन् । अागामी दिनमा आप्रवासीका बच्चा उनकै परिवारसँग रहन दिने व्यवस्थामा ट्रम्पले हस्ताक्षर गरेका छन्।
अवैध आप्रवासी आमाबाबुलाई हिरासतमा लिँदा बच्चालाई गलत प्रभाव पर्ने देखिएमा भने अलग्गै राखिने भएकाे छ ।ट्रम्प पत्नी मेलानिया र छोरी इभान्का पनि बाबुआमासँग बच्चालाई अलग नगर्ने पक्षमा थिए।
प्रकाशित: ७ असार २०७५ ०५:४४ बिहीबार