नयाँ दिल्ली - भारतकाे श्रीनगरमा वरिष्ठ पत्रकार शुजात बुखारीको हत्या भएकाे छ।उनी राइजिङ कश्मीरका सम्पादक हुन्।
कार्यालयबाट निस्कँदै गर्दा बुखारीमाथि बिहीबार गोली हानेर हत्या गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका हुन् । चार जनाको समूहमा रहेको आतंकवादीले बुखारी चढेको गाडीमा अन्धाधुन्ध गोली प्रहार गरी उनकाे हत्या गरेका थिए।
बुखारीकाे गाडीमा रहेका अन्य दुई जना गम्भीर घाइते भएका छन् । पत्रकार बुखारीसँगै उनका पीएसओ पनि मारिएका छन् ।
प्रकाशित: १ असार २०७५ ०४:११ शुक्रबार