८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

साउदी अरबका महिलाले पहिलोपटक पाए ड्राइभिङ लाइसेन्स

रियाद - साउदी अरबका महिलाले पहिलो पटक ड्राइभिङ लाइसेन्स पाएका छन् । साउदी अरबले सोमबार १० जना महिलालाई  ड्राइभिङ लाइसेन्स वितरण गरेकाे हो । साउदीका राजकुमार मोहम्मद बिन सलमानले केही दिन अघि महिलालाई सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने ऐतिहासिक निर्णय गरेका थिए।

२४ जुनदेखि साउदी अरबका महिलाहरुले  गाडी चलाएकाे देख्न पाइने छ ।  यसका लागि महिलालाई लाइसेन्स वितरण गरिएको हो ।सोमबार राजधानी रियादसहितका केही शहरमा १० जना महिलालाई लाइसेन्स वितरण गरिएको र आगामी हप्तासम्म २ हजार महिलालाई वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।लाइसेन्स पाएसँगै सडकमा गाडी चलाउने आफ्नो सपना पूरा भएकोमा साउदीका महिलालहरू उत्साहित भएका छन् ।

प्रकाशित: २३ जेष्ठ २०७५ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App