coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बुर्कामाथि प्रतिबन्ध लगाउँदै डेनमार्क

तस्बिर : एजेन्सी

डेनमार्क - डेनमार्क सरकारले पुरै अनुहार छोप्ने गरी बुर्का लगाउन प्रतिबन्ध लगाएको छ ।याे सँगै डेनमार्क यूरोपियन यूनियनका मुलुकमध्ये बुर्का लगाउन प्रतिबन्ध लगाउने पहिलो मुलुक बनेको छ।

डेनमार्कको संसदले बिहीबार यस कानुन पारित गरेको हो । यससम्बन्धी कानून १ अगस्टबाट लागू गरिने छ।

कानून उल्लंघन गरेमा १५७ डलर जरिवाना तिनुपर्ने तथा दोहोर्‍याएमा दश गुणा बढी जरिवाना गरिने छ । यस प्रतिबन्धको बढी असर बुर्का लगाउने मुस्लिम महिलामा पर्ने छ ।डेनमार्कको यस निर्णयको आलोचना गर्दै  विभिन्न मानव अधिकारवादी संस्थाहरूले भने यो महिला अधिकारमाथिको पक्षपातपूर्ण उल्लंघन हो भनेका छन्।

प्रकाशित: १८ जेष्ठ २०७५ ०३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App