coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसी पत्रकारको निवासमै गोली हानी हत्या

तस्बिर : एजेन्सी

मस्काे - रुसका ४१ वर्षीय पत्रकार आरकादी बाब्चेन्कोको निवासमै गोली हानी हत्या गरिएकाे छ ।  उनी युक्रेनको किभमा कार्यरत थिए। उनकी श्रीमतीले घरको ढोकामा गोली लागेर रगताम्य  भएकाे अवस्थामा उनलाई फेला पारेकी थिइन् ।

निवास बाहिर रोटी किन्न गएको समयमा पर्खेर बसेका अज्ञात समूहले गाेली हानी  उनकाे हत्या गरिएकाे सुरक्षाकर्मीको दाबी छ।घटनालगत्तै उपचारका अस्पताल लैजाने क्रममा एम्बुलेन्समै उनको निधन भएको हो । रुसको सैनिक विमान दुर्घटनापछि आफूलाई हत्याको धम्की आउने गरेको खुलासा आरकादीले गरेका थिए ।

उनी युद्धसम्बन्धी समाचार संवाददाता हुन् ।  पछिल्लो समय उनी युक्रेनको एटीआर टीभीका प्रस्तोताका रुपमा कार्यरत थिए । रुसका दक्ष पत्रकारको रुपमा उनी परिचित थिए । घटनामा संलग्नहरुको खोजी भइरहेको  अधिकारीहरुले बताएका छन्।

प्रकाशित: १६ जेष्ठ २०७५ ०२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App