२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायलका रणनीतिक मामिला मन्त्री रोन डर्मरद्वारा राजीनामा

इजरायलका रणनीतिक मामिला मन्त्री रोन डर्मरले मङ्गलबार आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका सबैभन्दा नजिकका सल्लाहकार मानिने अमेरिकामा जन्मेका डर्मरले सरकारको अक्टोबर ७, २०२३ को असफलतालाई स्वीकार गर्दै पछिल्लो प्रतिक्रियाको भने प्रशंसा गरेका छन्।

सन् २०२२ को अन्त्यमा वर्तमान सरकार गठन भएदेखि नै भूमिकामा रहेका डर्मरले आफ्नो राजीनामा पत्रमा भनेका छन्,‘यो सरकारलाई अक्टोबर ७ को आक्रमण र त्यसपछिको दुई वर्षे सात मोर्चाको युद्धको व्यवस्थापन दुवैको लागि सम्झिनेछ।’  

डर्मरले अक्टोबर ७ लाई ‘इजरायल स्थापना भएदेखि यहूदी मानिसहरूले थाहा पाएको सबैभन्दा कालो दिन’ भनी स्वीकार गरेका छन्। यद्यपि उनले इजरायलको कथा अन्धकारलाई पार गर्ने दृढताले परिभाषित हुने बताएका छन्।

उनले विगत दुई वर्षमा प्रधानमन्त्री नेतान्याहूको नेतृत्वको प्रशंसा गर्दै भनेका छन्, ‘हाम्रो सबैभन्दा अन्धकारमय घडीमा इजरायलका जनतासँग योग्य नेताहरू थिए।’  उनले दबाबको सामना गर्न नेतान्याहू उभिएको भन्दै भविष्यमा उनको नेतृत्वको प्रशंसा अझ बढी हुने विश्वास व्यक्त गरेका छन्।

डर्मरले वासिङ्टनसँगको सम्बन्ध, गाजा युद्धको समयमा बन्धक वार्ता, र अरब छिमेकीहरूसँगको सम्बन्ध लगायतका  कूटनीतिक मुद्दाहरू सम्हाल्दै आएका थिए। एजेन्सी

प्रकाशित: २६ कार्तिक २०८२ ०७:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App