१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किमको चेतावनीपछि ट्रम्प–मुन फोनवार्ता, रोक्लान त संयुक्त सैन्य अभ्यास ?

सोल- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीचमा आइतबार उत्तर कोरियाको बारेमा फोनवार्ता भएको छ। 

अमेरिकासँगको शिखर बैठक नगर्ने भनी उत्तर कोरियाले चेतावनी दिएपछि भएको यस कुराकानीलाई महत्वका साथ हेरिएको छ। फोनवार्ता उत्तर कोरियामा नै केन्द्रित भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

अमेरिकाले यसअघिको सहमति विपरित संयुक्त सैन्य अभ्यासका विषयमा विवाद उत्पन्न गराएको भन्दै उत्तर कोरियाले अमेरिकासँगको शिखर वार्ता नगर्ने चेतावनी दिदै आएको छ। 

अमेरिकासँगको विवादकै कारण उत्तर कोरियाले दक्षिण कोरियाका उच्च अधिकारीहरुसँगको बैठक पनि अन्तिम समयमा आएर स्थगित गरेको थियो। 

टेलिफोनमा भएको ट्रम्प र मुनको कुराकानीका क्रममा दुई देशले अझ नजिक भएर सहकार्य गर्ने समझदारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। दुर्इ नेताबीचकाे फाेनमा अभ्यास स्थगित गर्ने विषायमा पनि छलफल भएकाे बताइएकाे छ। 

ट्रम्पलाई भेट्न मुन आउँदो मङ्गलबार वासिङ्टन जान लागेका छन्। उत्तर कोरिया र अमेरिकाको शिखर बार्तालाई सफल बनाउने वातावरण बनाउन भन्दै मुन वासिङ्टन जान लागेका हुन्।

उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति ट्रम्प बीच आउदो जुन १२ तारिखमा सिंगापुरमा शिखर वार्ता गर्ने तय भएको छ। 

 

प्रकाशित: ६ जेष्ठ २०७५ ०९:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App