१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

नाइजेरियामा बोको हरामका १५ लडाकू मारिए

अबुजा – नाइजेरियाको सेनाले बोको हराम लडाकूका विरुद्धमा जारी रहेको कारबाहीका क्रममा उक्त समूहका १५ जना लडाकू मारिएको जनाएको छ। 

देशको उत्तरपूर्वी क्षेत्रमा राज्यद्वारा आतङ्ककारी घोषित सो समूहका विरुद्ध भएको सुरक्षा कारबाहीका क्रममा उनीहरू मारिएको अधिकारीहरुले जनाएका छन्। 

उत्तरपूर्वी क्षेत्रमा पर्ने बोर्नो राज्यको राजधानी मैडुगुरीस्थित एक स्थानमा बोको हरामका १५ जना लडाकू मारिएको पुष्टि सैन्य प्रवक्ता ओन्येमा न्वाचुक्वुले गरे। 

उनले साम्बीसा जंगलनजिकै परिसु भन्ने ठाउँमा गोली लागि शुक्रबार उनीहरुको मृत्यु भएको पनि जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ। 

बोको हरामका लडाकूहरुलाई कारबाही गर्नका लागि सैन्य टोली गत सोमबार देखि नै घटनास्थलमा खटिएको न्वाचुक्वुले बताए। 

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा छुट्टै मुस्लीम राज्य स्थापनागर्ने भन्दै बोको हरामका लडाकूहरुले सन् २००९ देखि संघर्ष गरिरहेका छन्। 

उनीहरुको अहिलेसम्मको संघर्षका कारण झण्डै २० हजार जनाको मृत्यु भइसकेको छ भने अरु लाखौं विस्थापित भएका छन्। 

प्रकाशित: २० वैशाख २०७५ ०९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App