३० माघ २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले २०५ भारतीयलाई देश निकाला गर्‍यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अवैध रूपमा रहेका भारतीय प्रवासीहरूको निष्कासन सुरु गरेको छ। अमेरिकी सेनाकाे एक सी–१७ सैन्य विमान २०५ भारतीय नागरिकहरूलाई टेक्सासबाट भारततर्फ उडान भरेको हाे। दैनिक भास्करका अनुसार यो उडान करिब ६ घण्टा अघि भएको हो। 

स्रोतहरूले पुष्टि गरेअनुसार, प्रत्येक निष्कासित भारतीयको पहिचान भएको छ, जसले नयाँ दिल्ली पनि यस प्रक्रियामा संलग्नता भएकाे देखाउँछ। यो सम्भवतः यस्ता उडानहरूको शृङ्खलाको पहिलो हो, जसले अमेरिकामा अवैध रूपमा रहेका भारतीय प्रवासीहरूलाई फिर्ता ल्याउनेछ।

यो कदम ट्रम्पको अवैध आप्रवासन विरुद्धको कठोर नीति अनुसार हो। यसअघि पनि अमेरिकी सैन्य विमानहरूले ग्वाटेमाला, पेरु, र हन्डुरसमा अवैध प्रवासीहरूलाई फिर्ता पठाएका थिए। 

ट्रम्पले आफ्नो आप्रवासन नीति कार्यान्वयन गर्न सैन्य सहयोगमा निर्भरता बढाएका छन्। उनले भनेका थिए, ‘इतिहासमा पहिलो पटक, हामी अवैध प्रवासीहरूलाई खोजी गरी सैन्य विमानमा राखेर उनीहरू जहाँबाट आएका थिए, त्यहीँ फिर्ता पठाइरहेका छौं।’ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानीमा भारतले सही कार्य गर्ने विश्वास व्यक्त गरेका थिए। 

प्रकाशित: २२ माघ २०८१ ११:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App