१६ फाल्गुन २०८१ शुक्रबार
image/svg+xml २:२५ पूर्वाह्न
अन्तर्राष्ट्रिय

विपिनबारे बोल्यो इजरायल, आज पाँच विदेशी नागरिक रिहा हुने

गाजामा इजरायल र हमासबीच युद्ध रोकिएसँगै नेपालीहरू विपिन जोशीको रिहाइको पर्खाइमा रहेका छन्। सरकारले उनी जीवित रहेको र चाँडै फर्कने दाबी गर्दै आएको छ, तर ठोस जानकारी छैन।

यसबीच, इजरायल सरकारले पनि उनी जीवित रहेको पुष्टि गरेको छ। हमासले आज रिहा गर्ने इजरायली बन्धकहरूको जानकारी दिँदै, अधिकारीहरूले नेपालका जोशी जीवित रहेको बताएका छन्। 

टाइम्स अफ इजरायलका अनुसार, आज रिहा हुनेमा २९ वर्षीय अर्बेल येहुद, १९ वर्षीय अगम बर्गर, र ८० वर्षीय गाडी मोशे मोजेस रहेका छन्। हमासले इजिप्ट र कतारमार्फत इजरायललाई यी नाम दिएको हो। आज पाँच थाइ बन्धकहरूलाई पनि हमासले रिहा गर्नेछ, तर उनीहरूको पहिचान खुलाइएको छैन। 

द टाइम्स अफ इजरायलका अनुसार, गाजामा अझै आठ थाइ बन्धकहरू, एक नेपाली, र एक तान्जानियन रहेका छन्। तर, दुई थाइ नागरिक र एक तान्जानियालीको भने मृत्यु भइसकेको छ। आज रिहाइको समय र स्थान अझै अनिश्चित छ किनभने बन्धकहरू फरक–फरक समूहको नियन्त्रणमा छन्।

जनवरी १९ मा भएको युद्धविराम र बन्धक रिहाइ सम्झौता अन्तर्गत हालसम्म सात महिला बन्धकहरू (तीन नागरिक र चार जना सैनिकहरू) रिहा भएका छन्। मोजेस यस सम्झौता अन्तर्गत मुक्त हुने पहिलो पुरुष बन्धक हुनेछन। आज रिहा हुने तीन बन्धकको बदलामा, इजरायलले ११० प्यालेस्टिनीलाई रिहा गर्नेछ।

प्रकाशित: १७ माघ २०८१ ०८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App