७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्वारा आत्मसमर्पण

नयाँ दिल्ली – भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा करिब २३ विद्रोहीहरूले सरकारसमक्ष आत्मसमर्पण गरेका छन्। 
भारतीय यी माओवादी विद्रोहीसमूहले आत्मसमर्पण गरेका प्रहरीले सोमबार जानकारी दिएका छन्।
 
छत्तिसगढ राज्यको नारायनपुर जिल्लामा ती विद्रोहीहरुले आफ्ना हातहतियासहित आत्मसमर्पण गरेका प्रहरीले थप जानकारी दिएका छन्। 

प्रहरीसमक्ष आत्मसमर्पण गरेका यी विद्रोहीहरुले समाजिक कार्यहरूमा आफूहरूको सहभागिता रहने मनसाय व्यक्त गरेका छन्। 

आदिवासी र गरीब जनताको भूमि अधिकारीहरुको लागि उनीहरू दशकौदेखि लडाई गर्दै आएका यी विद्रोहीहरुको दाबी रहेको छ। 

प्रकाशित: ३ वैशाख २०७५ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App