६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

रासायनिक आक्रमण पुष्टि भएमा असद र सहयोगीलाई छोडिने छैन : बेलायती प्रधानमन्त्री

कोपेनहेगेन- सिरियाको गुटामा शङ्कास्पद विषाक्त ग्यास आक्रमण भएको भन्ने बिषयमा बेलायती प्रधानमन्त्री टरिजा मेले सोमबार रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा सिरियाली राष्ट्रपति बसर अल असद र उनका सहयोगीलाई नछोडिने बताएकी छिन्।

बेलायती प्रधानमन्त्री टरिजा मेले कोपनहेगनमा सञ्चारकर्मीसँगको कुराकानीमा भनिन, “यो अर्को उदाहरण हुन सक्छ कि असद प्रशासनले आफ्नै जनताविरुद्ध कुन हदको क्रुरता र निर्लज्जता प्रस्तुत गरेको छ। अन्तर्राट्रिय कानूनले युद्धमा रसायनिक हतियारको प्रयोगमा पूर्णतया बन्देज लगाएको छ।”  

“रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा र उनीहरू दोषी पाइएमा सिरियाली राष्ट्रपति बसर अल असद र उनका सहयोगीलाई कानूनी दायरामा ल्याइने छ।” उनले आफ्नो मुलुक युद्धमा हुने रसायनिक हतियारको प्रयोगको कडा शब्दमा निन्दा गर्छ। के भएको हो छिट्टै पत्ता लगाउनुपर्छ, भनिन्। 

स्वयंसेवी उद्धारकर्ताहरूको समूह ह्वाइट हेल्मेट्स तथा मानवअधिकारवादी सगठनहरूले सिरियाको पूर्वी गुटा क्षेत्रमा पछिल्ला हमलाहरूमा १५० जनाभन्दा बढीको ज्यान गएको र सयौँ घाइते भएको जनाएका छन्। मारिनेहरूमा धेरैजसो महिला र बालबालिकाहरू रहेको बताइएको छ। 

तर त्यसको स्वतन्त्र पुष्टिको खबरहरू भने आएका छैनन् । राजधानी दमासकस नजिकैको विद्रोही नियन्त्रित क्षेत्रमा रहेका डाक्टरहरूले आफूहरूले क्लोरिन ग्यासले असर गरेका बिरामीहरूको उपचार गरिरहेको बताएका थिए। 

सिरिया सरकारले भने त्यस्तो घातक रासायनिक ग्यासले हमला गरेको भन्ने आरोप अस्वीकार गरेको छ ।सिरियाली असद प्रशासनले रासायनिक हमलाको आरोपलाई ‘बनावटी समाचार’ भनेको छ।

सिरियाको विद्रोही नियन्त्रित क्षेत्र पूर्वी गुटामा भएको रासायनिक हतियार हमलालाई ‘तनावग्रस्त खबरहरू’ भन्दै तत्कालै अमेरिकी विदेश मन्त्रालयले आफूले त्यसको अनुगमन गरिरहेको जनाएको थियो। 

प्रकाशित: २६ चैत्र २०७४ १५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App