जापानमा लामो समयदेखि सत्तामा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आम निर्वाचनमा बहुमत गुमाएको छ।
आइतबार भएको निर्वाचनमा एलडीपीले सन् २००९ पछिकै खराब नतिजा ल्याएको हो।
प्रधानमन्त्री शिगेरु इशिबा र उनको गठबन्धनले ४६५ सदस्यीय तल्लो सदनमा आवश्यक बहुमत गुमाएको बीबीसीले जनाएको छ। जापानको दुई सदनात्मक व्यवस्थामा तल्लो सदनलाई शक्तिशाली मानिन्छ।
जापानको तल्लो सदनमा ४६५ सिट छ। बहुमतका लागि २३३ सिट आवश्यक थियो। तर, प्रधानमन्त्री शिगेरुको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र गठबन्धनका सहयोगी कोमितोले २०९ सिट मात्र जित्न सक्यो।
प्रकाशित: १२ कार्तिक २०८१ ०८:०८ सोमबार