४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

दक्षिण कोरियासँग पुन राष्ट्रिय एकीकरणः किम जोंग उन

र्‍योङयाङ – उत्तर कोरियाले दक्षिण कोरियासँग पुन राष्ट्रिय एकीकरणको ऐतिहासिक कार्य थालनी गरेको उत्तर कोरियाली नेता किम जोंग उनले दाबी गरेका छन्।

उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसीएनएले दक्षिण कोरियाली प्रतिनिधीहरूसँगको भेटवार्ताको क्रममा किमले उत्तर कोरिया दक्षिण कोरियासँग नजिक हुन चाहेको उल्लेख गरेको छ। किमले दक्षिण कोरियाली प्रतिनिधीहरूलाई र्‍योङयाङमा स्वागत गर्दै दुई कोरियाबीचको सम्बन्ध सुधारका पक्षमा रहेको बताएका हुन्।

भेटवार्ताको क्रममा दक्षिण कोरियाली प्रतिनिधीहरूले राष्ट्रपति मुन जे इन कोरियाली प्रायद्धीपमा शान्ति स्थापनाको पक्षमा रहेको दाबी गरेका थिए। सन् २०११ पश्चात् दक्षिण कोरियाली प्रतिनिधीहरूले उत्तर कोरियाली शासक किमसँग भेटवार्ता गरेको यो पहिलोपटक हो।

 

प्रकाशित: २२ फाल्गुन २०७४ ०७:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App