८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

नाइजेरियामा ज्वरोका कारण ७२ को मृत्यु

तस्विर : एजेन्सी

नाइजेरिया– नाइजेरियाको फैलिएको लासा ज्वरोका कारण अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाब वा सो मुसालाई छोएमा लाग्ने रोगलाई डब्लुएचओले लासा ज्वरोको संज्ञा दिएको छ।

प्रयोगशालामा परीक्षण गर्दा ३ सय १७ जनामा लासा ज्वरो पुष्टी भएको र ती मध्ये ७२ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जनाएको छ ।नयाँ वर्षको बेलादेखि सुरु भएको पत्ता लागेको यस्तो ज्वरो नाइजेरियाका १८ ओटा राज्यमा फैलिएको नाइजेरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ ।रोग नियन्त्रण केन्द्रले सकै प्रदेशहरूमा खानपानमा उच्च सतर्कता अपनाउन नाइजेरियाली नागरिकहरूलाई आह्वान गरेको छ।
 

प्रकाशित: १८ फाल्गुन २०७४ ०५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App