८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कतार एयरवेजले अष्ट्रेलिया उडान गर्ने

काठमाडौं – कतार एयरवेजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान भर्ने घोषणा गरेको छ। कतारले एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको हो। 

पत्रकार सम्मेलनमा अष्ट्रेलियन राजदूत पिटर ग्रिमी बड, कतारका राजदूत यूसुफ मोहम्मदअल–हायल र कन्ट्रि म्यानेजर जयप्रकाश नैयरको समेत उपस्थिती थियो। 

पत्रकार सम्मेलनमा कन्ट्रि म्यानेजर जयप्रकाश नैयरले एयरवेजको ब्यापक विस्तार योजना तथा अष्ट्रेलियामा थप यात्रु ल्याउने प्रतिबद्धता ब्यक्त गरे। साथै उनले क्यानबेरन्सलाई दोहास्थित हमाद ईन्टरनेशनल एयरपोर्ट (एचआईए)को माध्यमबाट व्यापक वैश्विक सञ्जालसंग जोड्ने प्रतिबद्धता समेत जाहेर गरे। 

‘अष्ट्रेलियामा हाम्रो पाँचौ गन्तब्यका रुपमा क्यानबेरामा नयाँ दैनिक उडान सेवा सञ्चालन गर्न पाउँदा हामी निकै उत्साहित छौँ। नयाँ उडान सेवाले अष्ट्रेलियन यात्रुलाई थप सहजता उपलब्ध गराउनुका साथै हमाद ईन्टरनेशनल एयरपोर्ट, ट्रान्जिटमार्फत हाम्रो वैश्विक सञ्जालद्वारा व्यापक गन्तब्यको छनोटका लागि समेत सघाउनेमा हामी विश्वस्त छौँ’, नैयरले भने। 

क्यानबेरामा सञ्चालित नयाँ उडान तालिकाले अष्ट्रेलियन महादेशको कार्गो क्षमतामा ६ सय ३० टन प्रतिहप्ता भन्दा बढीले बृद्धि दिलाउने कम्पनीले जानकारी दिएको छ। कतार एयरवेजले आफ्नो बोइङ बी ७७७ विमानमार्फत क्यानबेराका लागि दैनिक उडान सेवा उपलब्ध गराउने छ। बी ७७७ द्वारा बिजनेस क्लासमार्फत ४२ फ्ल्याटबेड सीट र ईकोनोमी क्लासमा ३१६ सिट उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ। साथै फ्लाइटमा यात्रा गर्ने यात्रुले एयरलाइन्सको अत्याधुनिक सुविधा सम्पन्न मनोरञ्जन प्रणालीमार्फत यसमा उपलब्ध रहेका बहुसंख्यक मनोरञ्जनका विकल्पको मज्जा लिन सक्नेछन्। 

प्रकाशित: १५ फाल्गुन २०७४ ११:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App