८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्ने बाटो खुल्यो

बेइजिङ – चीनमा दुईपटक भन्दा बढी समय राष्ट्रपति बन्न नपाउने प्रावधान खारेजीको प्रक्रिया अघि बढेको छ। 

चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको समयसीमा हटाउन संविधानको धारा संशोधनको प्रस्ताव अघि सारेको समाचार संस्था सिन्हवाले जनाएको छ। यो प्रस्ताव पारित भएसँगै दोस्रो कार्यकाल चलाइरहेका वर्तमान राष्ट्रपति सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्ने बाटो खुल्नेछ। 

२०१३ मा राष्ट्रपति पद सम्हालेका जिनपिङ चीनमा लोकप्रिय बन्दै गएका छन्। उनको विचारधारलाई संविधानमा समावेश गरिएको छ। संविधानमा जिनपिङलाई चीनका पहिलो कम्युनिष्ट नेता तथा संस्थापक माओत्से तुंङ बराबरको स्थान दिइएको छ। चीनको सत्तामा उनको पकड लगातार मजबुद बन्दै गएको छ। संविधानमा ुशी जिनपिङ वाद ु लेखिएसँगै उनीशक्तिशाली नेता बनेका छन्। 

यसैक्रममा उनलाई तेस्रो कार्यकालका लागि सत्तामा ल्याउन कम्युनिष्ट पार्टीले समयसीमा हटाउने प्रक्रिया अघि सरेको हो। संविधानको धारा परिवर्तन गरेसँगै चीनमा दुईपटक मात्र राष्ट्रपति बन्न पाउने समयसीमा समाप्त हुनेछ। 

कम्युनिस्ट पार्टीले नेशनल कांग्रेसको बैठकले सीलाई २०१७ मा दोस्रोपटक राष्ट्रपतिमा चुनेको थियो। सीको यो कार्यकाल २०२३ सम्म हुनेछ। दुईपटकको समयसीमा हटे उनी फेरि राष्ट्रपति बन्नेछन्।

अमेरिकामा पनि दुईपटक मात्रै राष्ट्रपति बन्न पाउने प्रावधान छ। यही प्रावधानका कारण लोकप्रिय हुँदाहुँदै पनि बराक ओबामाले चुनाव लड्न पाएनन्। 

प्रकाशित: १४ फाल्गुन २०७४ १५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App