१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

परीक्षामा जुत्ता मोजा लगाउन प्रतिबन्ध

नयाँ दिल्ली – चिट चोर्न बाट रोक्ने उद्देश्यले भारतको उत्तरी राज्य बिहारमा विद्यार्थीलाई परीक्षाका बेला जुत्ता वा मोजा नलगाउन प्रशासनले आदेश जारी गरेको छ । परीक्षामा विद्यार्थीले आफ्नो नोटबाट उत्तर नसारुन् भनेर यस्तो कदम चालिएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

बिहारमा यस्तो नियम फ्रेबुअरी २१ बाट हुने कक्षा १० को अन्तिम परीक्षाबाट सुरु हुने बताइएको छ । बिहारमा करिब १८ लाख विद्यार्थी कक्षा १० को अन्तिम परीक्षामा सामेल हुँदैछन् । विद्यार्थीले परीक्षाको दौरान सबैभन्दा धेरै चिट चोर्ने ठाउँका रूपमा बिहार परिचित रहेको छ।

परीक्षा हलमा जानु अघि विद्यार्थीलाई चेकजाँच गरेर पठाइने र परीक्षामा प्रश्नको उत्तर दिँदै गर्दा उनीहरुमाथि भिडियो सुपरिवेक्षणसमेत हुने अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । जुत्ता वा मोजा लगाएर आएका विद्यार्थीलाई परीक्षा हल बाहिरै बस्न भनिने अधिकारीहरुले बताएका छन् । गत २०१६ मा बिहार राज्यले विद्यालय परीक्षामा नक्कल गर्ने विद्यार्थीलाई जरिवाना वा जेल सजाय हुने घोषणा गरेको थियो।

राज्यमै प्रथम भएकी एक १७ वर्षीय छात्रालाई त्यसबेला चिट चोरेको आशंकामा पक्राउ गरिएको थियो र पुनः परीक्षा दिन लगाइएको थियो, पुनः परीक्षामा उनी अनुत्तिर्ण भएकी थिइन्।

सन् २०१३ मा बिहार राज्यमा मात्रै करिब एक हजा ६ सय विद्यार्थीलाई चिट चोरेको आरोपमा परीक्षाबाट निष्कासन गरिएको थियो र आफ्ना सन्तानलाई परीक्षामा चिट चोर्न सहयोग गरेको आरोपमा सय अभिभावकलाई पनि पक्राउ गरिएको थियो । सन् २०१६ मा बिहार प्रशासनले चिट चोर्नेमाथि कडा नियम सार्वजनिक गरेपछि, बिहारको सन् २०१४ मा रहेको ७० उत्र्तीण प्रतिशत सन् २०१५ मा ५० प्रतिशतमा झरेको थियो।

 

प्रकाशित: ८ फाल्गुन २०७४ ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App