७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

माल्दिभ्समा संकटकाल लम्ब्याउन राष्ट्रपतिको आग्रह

माले – मालदिभ्स्का राष्ट्रपति अब्दुल्ला यामिनले सोमबार यहाँको संसद्लाई देशमा लगाइएको संकटकालको समयावधि लम्ब्याउनको लागि अनुरोध गरेका छन्। मालदिभ्स्मा जारी राजनीतिक संकटकालीन अवस्था थप १५ दिन लम्ब्याउन उनले आग्रह गरेका हुन्।

मालदिभ्समा गत फेब्रुअरी ५ देखि संकटकाल लागू भएको थियो। यही फेब्रुअरी १ मा मालदिभ्स्को सर्वोच्च अदालतले यहाँको जेलमा रहेका सबै राजनीतिक बन्दीलाई रिहा गर्न आदेश दियो। 

उक्त फैसलाको कार्यान्वयन गर्दा मालदिभ्स्का पूर्व राष्ट्र«पति मोहम्मद नसिद र पूर्व उपराष्ट्र«पति अहमद अदिबलाई रिहा गर्नुपर्ने अवस्था आएको थियो। तर राष्ट्रपति अब्दुल्लाह यामिन उनीहरुलाई रिहा गर्न नचाहेकाले यहाँ अदालत, संसद् र सरकारबीच विवाद उत्पन्न भएको हो। 

अदालतको आदेश कार्यान्वयन गर्दा आफ्ना विरोधीलाई रिहा गर्नुपर्ने भएपछि उनी त्यो निर्णयसँग डराएर सर्वोच्च अदालतको आदेशको कार्यान्वयन नगर्न आदेश दिनुको साथै प्रधानन्यायाधीशलाई नै पक्राउ गरे।

मालदिभ्स्मा उत्पन्न राजनीतिक संकटका कारण यहाँ हाल सैनिक परिचालन गरिएको छ। संकटकालीन अवस्थाको घोषणा सोमबार सकिने बताइएको थियो। 

सोमबार नै राष्ट्रपतिले उक्त संकटकालीन अवस्थालाई लम्ब्याउन आग्रह गरेका हुन्।

राष्ट्रपतिले आफूमाथि संसद्मा महाभियोग लाग्न सक्ने त्रास जीवितै रहेको अवस्था देखेकाले त्यहाँ संकटकालको घोषणा गरेका हुन्।

प्रकाशित: ७ फाल्गुन २०७४ १०:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App