coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियामा ३६ जना मारिए

बेरुत- विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको दमास्कस नजिकै पर्ने गोटामा भएको हवाई आक्रमणमा परी ३६ जनाको मृत्यु भएको छ ।सिरियाको सरकारी पक्षका सुरक्षाकर्मीले बिहीबार गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको अनुगमनकर्ताहरूले बताएका छन् ।

युद्धक विमानले सिरियाली विद्रोही समूहलाई लक्षित गरी राजधानीदेखि पूर्वतर्फ गत चार दिनदेखि लगातार आक्रमण गरिरहेका छन् ।‘सिरियन अब्जरभेटरी फर ह्युमन राईटस’ले कम्तिमा छ ठाउँमा हवाई आक्रमण भएको जानकारी दिएको छ ।

बिहीबार मारिएकामध्ये दश बालबालिका र सात महिला रहेका छन् । गत सोमबार देखि अहिले सम्म १८५ जना आम नागरिक मारिएको बेलायतमा कार्यालय रहेको उक्त मानव अधिकारवादी संस्थाका प्रमुख रामी अब्देल रहमानले बताए । रासस

प्रकाशित: २६ माघ २०७४ ०५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App