८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियाली नेता दक्षिण कोरिया जाँदै

प्योङयाङ –  परमाणु हतियार परीक्षणका कारण कुटनीतिक सम्बन्धमा चिसोपना आइरहेका बेला उत्तर कोरियाले मुलुकका उच्चस्तरका नेता किम योङ नामलाई दक्षिण कोरियाको भ्रमणमा पठाउने घोषणा गरेकाे छ।
 उत्तर कोरियाली शासक किम जोन उनले उच्चस्तरका नेता योङलाई दक्षिण कोरियाको भ्रमणमा पठाई दुई देशबीचको सम्बन्ध निर्माणमा प्रयास थालेका हुन् ।  उक्त भ्रमणमा नेता नाम सहित २२ प्रतिनिधीहरू समेत रहने छन् । नामले  यस अघि सन् २०१४ मा पनि दक्षिण कोरियाको भ्रमण गरेका थिए । दक्षिण कोरियामा हुन गइरहेको हिउँदे ओलम्पिक बारे उत्तर कोरियाली नेता योङले दक्षिण कोरियाली प्रतिनिधीहरूसँग  भेटवार्ता तथा छलफल गर्ने छन् ।

भ्रमणले दक्षिण कोरियाली प्रतिनिधिहरूसँग भेटवार्ता गरी दुई देशबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेल्ने उत्तर कोरियाको दाबी छ । नाम उत्तर कोरियाका कुटनीतिक सम्बन्ध सुधारका क्षेत्रमा एकदमै प्रभावशाली नेता मानिन्छन् ।दक्षिण कोरियामा हुन गइरहेको हिउँदे ओलम्पिकमा सहभागी हुनका लागि उत्तर कोरियाली खेलाडीहरू दक्षिण कोरिया पुगिसकेका छन् ।

 

 

प्रकाशित: २२ माघ २०७४ ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App