coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको एक वर्षे कार्यकालका ७ महत्वपूर्ण काम

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एक वर्षे कार्यकालमा भएका महत्वपूर्ण ७ कामको विवरण सार्वजनिक गरेका छन्। ह्वाइट हाउसबाट आफ्नो कार्यकालबारे जानकारी गराउने क्रममा ८० मिनेट लामो भाषण गरेका ट्रम्पले इस्लामिक स्टेट देखि इम्पायर स्टेटसम्मको काममा भएको प्रगतिबारे सुनाएका थिए।

यस्ता छन ट्रम्पको एक वर्षे कार्यकालमा भएका ७ महत्वपूर्ण कामहरुः

१. रोजगारमा वृद्धि

ट्रम्पले आफू राष्ट्रपति भएदेखि नै दुई लाख ४० हजारलाई रोजगार उपलब्ध गराएको दावी गरेका छन्। त्यसमध्ये दुई लाखले निर्माण व्यवसाय गर्ने गरेको ट्रम्पले बताए। अमेरिकी अर्थशास्त्र हेर्ने ब्यूरो अफ लेबर स्टाटिक्सले निकालेको आँकडाले सन् २०१७ मा मात्रै दुई लाख ३७ हजार अमेरिकीले नयाँ रोजगारी थालेको देखाएको छ। त्यसमध्ये एक लाख ९७ हजारले निर्माण व्यवसाय गर्ने गरेको उल्लेख छ।

२. अफ्रिकन–अमेरिकन बेरोजगार दर घट्नु

यसैगरी अफ्रिकी मुलका अमेरिकीहरुको बेरोजगार दरमा भारी गिरावट आएको छ। ट्रम्प कार्यकालमा बेरोजगारी दर ७.८ प्रतिशत रहेकोमा घटेर ६.८ प्रतिशतमा झरेको बीबीसीले जनाएको छ। यो दर सन् १९८२–८३ मा सबैभन्दा उच्च २० प्रतिशत रहेको थियो। विएलएसका अनुसार ल्याटिनो अमेरिकाको पनि बेरोजगारी दर घटेको छ।

गोरा अमेरिकीहरुको पनि बेरोजगारी दर ४.३ प्रतिशतबाट घटेर ३.७ प्रतिशतमा झरेको छ। सामान्यतय पूर्व–राष्ट्रपति बाराक ओबामाको पालामा भन्दा ट्रम्पको पालामा बेरोजगारी दर घटेको विवरणहरु सार्वजनिक गरिएको छ।

३. कर दरमा भारी गिरावट

क्रिसमस भन्दा अगाडिको आँकडा अनुसार अमेरिकाको कर दर ३५ प्रतिशतबाट झरेर २१ प्रतिशतमा पुगेको छ। व्यक्तिगत आयकर पनि घटाएका ट्रम्पले इतिहासकै कर सहुलीयत दिएको बताइन्छ। ट्रेजरी स्टाटिक्सका अनुसार पूर्व राष्ट्रपति ओबामाले सन् २०१० र २०१३ मा कर कटौती गरेर जनतालाई सहुलियत दिलाएका थिए।

४. कर कटौतीबाट तीन लाख नागरिक लाभान्वित

ट्रम्पको कार्यकालमा भएको कर कटौतीबाट अमेरिकाका तीन लाख नागरिक लाभान्वित भएका छन्। अमेरिकामा व्यवसायिक कर कटौतीको असर विभिन्न व्यवसायिक फर्ममा देखियो। उनीहरुले कर कटौती भएसँगै आफ्ना कामदारहरुलाई बोनस बाँडेका थिए। अनुसन्धानले देखाएअनुसार कम्तिमा २८५ व्यवसायिक फर्मले कर्मचारीको तलबमा वृद्धि गरेका थिए।

५. कानूनमा व्यापक सुधार

अमेरिकी इतिहासमै ट्रम्प प्रशासनले आफ्नो कार्यव्यवस्था तथा कानूनमा व्यापक सुधार गरेको राष्ट्रपतिले दावी गरेका छन्। उनले कार्यकालको सुरुवातसँगै विभिन्न कानुनी प्रावधानमा फेरबदल गरेका थिए। उनले छुटेका तथा उल्झन रहेका कानूनी प्रावधानहरु खारेज गरेका छन्।

६. सिरिया र इराकमा आइएसको प्रभाव घट्नु

ट्रम्पका अनुसार सिरिया र इराकमा आतंकवादी आइएस लडाकु निस्तेज पार्न उनको कार्यकाल सफल रह्यो। जनवरीसम्म सिरिया र इराकका अधिकांश भू–भाग आइएसको कव्जामा रहेकोमा उनले कार्यभार सम्हालेलगत्तै आइएसको प्रभाव रहेको क्षेत्रहरु फिर्ता गर्न सफल रहेको उनको जिकिर छ।

७. एम्पाएर स्टेटको निर्माण

उनले भनेका छन्, ‘हामीले एम्पाएर स्टेटको निर्माण एक वर्षमै गरिसक्यौ ।’ सन् १९३० को मार्चबाट शुरु भएको भवनको शुरुवात आर्किटेक्ट स्रेव, ल्याम्व र हार्मोनले संयुुक्त रुपमा गरेका थिए। यसलाई सन् १९३१ मा तत्कालीन राष्ट्रपति हुवरले आधिकारिकता प्रदान गरेका थिए। वर्षमा साढे चार तला मात्रै बन्ने यो भवन बनाउने क्रममा पाँच जना कामदारको ज्यान गएको थियो।

प्रकाशित: १८ माघ २०७४ ११:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App