६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

चुनावमा रुसी हस्तक्षेप हुनसक्छ : सीआइए प्रमुख

वासिङटन–  रुसको विरोधमा खुलेर उत्रेको अमेरिकी जासुसी संस्था सीआइएले यो वर्षको अन्त्यमा हुन लागेको मध्यावदी चुनावमा रुसी हस्तक्षेप हुनसक्ने बताएको छ।

सीआइएले जनाएअनुसार २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई जिताउन रसियन जासुसी संस्था एफविआइको प्रयोग भएको थियो। तर आफ्नो जितलाई राष्ट्रपति ट्रम्प स्वयमले भने,‘अमेरिकाको राजनीतिक इतिहासमै जादु भएको’ बताएका थिए।

मस्को–वासिङटन विवादको सिर्जना मस्कोको जासुसी संस्था ‘फेडेरेसन व्यूरो अफ इनभेस्टिगेसन’का पूर्व प्रमुख रोर्वट मुलरको पालादेखि शुरु भएको हो। अमेरिकाका अनुसार मुलरको टोली वासिङटनमा बसेर गोप्य रुपमा एक हाइ प्रोफाइल राजनीतिज्ञको बारेमा अनुसन्धान गरिरहेका थिए। त्यो अमेरिकी इतिहासकै खराब तरिकाको रसियन हस्तक्षेप रहेको उल्लेख छ। त्यस्तै राष्ट्रपति ट्रम्प जिताउ अभियानका प्रमुख पल म्यानफोर्टको चार लाख कागजातहरु लुकाउन सहयोग गरेको भनेर आरोप लाग्ने गरेको छ।

आफ्नो एक वर्षिय कार्यकालको समिक्षा गर्न सीआइए हेडक्वार्टर भर्जिनियामा उपस्थित सहभागीहरुलाई सम्बोधन गर्दै सीआइए प्रमुखले रसिया सम्बन्धका बारेमा आफ्नो धारणा प्रष्ट पारेका थिए। उनले बीबीसीलाई उद्धृत गर्दै भने, ‘हाम्रो संस्थाको सेवा विश्वमै विश्सनीय र भरपर्दो छ।’ पोम्पियो थपेका छन्,‘हामीबाट चोरिएका हाम्रा अती सम्वेदनशील सूचनाहरु हामी फिर्ता गर्न गइरहेका छौ।’

सीआइएको उद्देश्यलाई व्यर्थ जान नदिने बताएका पोम्पियोले आफ्नो संस्था सैन्य व्यवस्थापनको लागि मात्र नभइ राजनीतिक विवाद मिलाउनमा पनि सक्षम रहेको बताए। उनले रुसको अमेरिका नीति नसुध्रिएको बताउँदै भने,‘ अहिले पनि म रुसको कार्यहरुलाई सुक्ष्म रुपमा अध्ययन गरिरहको छु। यो मध्यवदी चुनावमा अमेरिकाले स्वतन्त्र रुपमा आफ्नो मतको उपयोग गर्नेछ। त्यसले रुसको अमेरिका हेर्ने दृष्टिमा पुरै बदलाव ल्याउने छ।’

ट्रम्पले ट्विटरमा प्रयोग गर्ने शब्दावलीको उनले समर्थन गर्दै भनेका थिए, ‘ट्रम्पले किम जोङ्ग उनलाई ‘रकेट म्यान’ भनेर एकदमै ठिक गरे।’ तर यसका बारेमा सार्वजनिक रुपमा आलोचना हुनेगरेकामा त्यसले न्युक्लियर मिसाइललाई बढावा दिएको आरोप लगाएका थिए। यस्तो किसिमको आलोचनाले उत्तर कोरियाजस्ता मुलुकलाई थाहा नपाउँदो तरिकाले समर्थन मिलेको र यसले किम जोङ्ग उनजस्ता राष्ट्रप्रमुखहरुको हौसला झन् बुलन्द हुने उनको तर्क थियो।

पोम्पियोले उत्तर कोरियाको यस किसिमको काममा चीनले साथ दिने गरेको समेत आरोप लगाए।

सभामा पोम्पियोलो ट्रम्पको एकवर्षे कार्यकालको आलोचनात्मक टिप्पणी गरिएको पुस्तक ‘फायर एन्ड फ्युरी’को बारेमा आफूलाई केहि थाहा नभएको र मान्छेले आफ्नो अमूल्य समय यस्तो हावादारी पुस्तक लेखेर बिताएको देखेर आफूलाई दुःख लागेको बताए।

प्रकाशित: १७ माघ २०७४ ०८:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App