१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

फिनल्याण्डको राष्ट्रपतिमा पुनः निनिस्टो

हेल्सीन्की – फिन्ल्याण्डका बर्तमान राष्ट्रपति साउली निनिस्टो पुनः निर्वाचित भएका छन्।

आइतबार राति सम्पन्न भएको निर्वाचनको मतगणनाको नतिजा अनुसार उनले ६२.७ प्रतिशत मत प्राप्त गरी विजयी भएका हुन्। उनी पहिलो चरणमै निर्वाचित भएपछि दोस्रो चरणको निर्वाचन गर्नुपरेको थिएन।

निर्वाचित भएपछि उनले आफू नतिजाबाट आश्चर्यचकित भएको बताए।

ग्रीन पार्टीका उम्मेदवार पेक्का हाभिस्टोले १२.४ प्रतिशत मत ल्याएर दोस्रो भएको छन भने अरु छ जना उम्मेदवारले सात प्रतिशतभन्दा बढी मत कसैले ल्याउन सकेको छैन।

चर्चित मानिएका उम्मेदवार लाउरा हुतासारीले ६.९ प्रतिशत मत ल्याउनु भएको अधिकारीहरूले जानकारी दिएका छन्।

त्यसैगरी स्वतन्त्र युरोपेली संघ विरुद्धको उम्मेदवार पाभो भायर्यनेनले ६.२ प्रतिशत मत प्राप्त गरेका छन्। यी दुई उम्मेदवारहरूको मत बाँडिएको विश्लेषकहरुले बताएका छन्।

पुर्व केन्द्रीय प्रधानमन्त्री मात्ती भान्हानेनले ४.१, समाजिक प्रजातन्त्रवादी उम्मेदवार तुला हातैनेनले ३.२ र बामपन्थी प्रतिश्पर्धी मेजा क्यालेनेनले ३ प्रतिशत मात्र मत प्राप्त गरेका छन्।

सन् २०१२ मा भएको राष्ट्रपतिय निर्वाचनमा भन्दा तीन प्रतिशत बढी मत ल्याएर निनिस्टो पुनः राष्ट्रपतिमा निर्वाचित भएका हुन। उनको दोस्रो कार्यकाल अब सन् २०२४ सम्म चल्नेछ।

प्रकाशित: १५ माघ २०७४ १६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App