४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

विश्वविद्यालयमा आक्रमण हुँदा ५ को मृत्यु

काबुल – अफगाननिस्तानको राजधानी काबुलमा रहेको एक सैन्य विश्व विद्यालयमा आक्रमण हुँदा ५ जनाको मृत्यु भएको छ ।

केही दिन अगाडी मात्रै अफगानिस्तानको राजधानी काबुलमा भएको हमलामा करिब १ सय जनाको मृत्यु भएको थियो । विश्वविद्यालयमा भएको हमलामा मृत्यु हुनेहरूमा ३ लडाकु र २ जना अफगानी सेना रहेको सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ ।

एक साता भित्र राजधानी काबुलमा भएको यो तेस्रो हमला हो । केही दिन अगाडी मात्रै विस्फोटक पदार्थले भरिएको एक एम्बुलेन्समा हमला हुँदा कम्तीमा १०० जनाको मृत्यु भएको थियो ।अफगानिस्तानमा हुने गरेको यस्ता हमलाको जिम्मेवारी इस्लामिक स्टेट तथा तालिवानी समुहले लिने गरेको छ ।

प्रकाशित: १५ माघ २०७४ ०६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App