४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

१ लाख ८० हजार शरणार्थीलाई ग्रीन कार्ड दिने योजना

वासिङटन – अमेरिकाले करिब दुई लाख शरणार्थीहरुलाई ग्रीन कार्ड उपलव्ध गराउने भएको छ। ट्रम प्रशासनले विभिन्न समयमा अमेरिका प्रवेश गरेका शरणार्थीहरुलाई ग्रीन कार्ड दिने योजना बनाएको हो।  विगत १२ वर्षदेखि अवैधानिक रुपमा बस्दै आएका करिव एक लाख ८० हजारलाई यो सुविधा दिने ट्रम्प प्रशासनले बनाए पनि अन्तिम भने होइन।  

गत बिहिबार ह्वाइटहाउसका मुख्य पोलीसी मेकर स्टेफेन मिलर तथा कांग्रेसका विषेश सहयोगिहरुका बिचमा यस सम्बन्धी कुरा उठेको हो। यो निर्णयलाई मिलर स्वयमले भने नाटकीय निर्णय भनेका छन्।

यो सुविधाका लागि आफूलाई अवैधानिक नागरिक भन्न रुचाउने करिव सात लाख शरणार्थीहरुले आफूहरु योग्य रहेको दावी गरेका छन् । ह्वाइटहाउसले गरेको अन्य दुई निर्णयको भने राष्ट्रपति ट्रमले विरोध गरेका छन् । आफूलाई स्वघोषित शरणार्थी ठानेर निरन्तर अवैधानिक रुपमा प्रवेश गर्ने शरणार्थीका लागि उनले ग्रीन कार्ड नदिने बताए । त्यस्तै ग्रीन कार्ड पाउनेको अविभावक र सन्तान बाहेक अरुले अमेरिका प्रवेश नपाउने नितिमा उनी अडिग रहे। 

ह्वाइट हाउसले अमेरिका प्रवेशको सजिलो माध्यम बनेको डिभि रोक गर्ने योजना समेत बनाएको छ। डिभि फर्म भरेर हरेक वर्ष विश्वका विभिन्न मुलुकबाट पचास हजार मानिसहरु अमेरिका प्रवेश गर्ने गरेका छन्। प्रयेक वर्ष विश्वका विभिन्न मुलुकबाट करिव चौध लाखले अमेरिका जाने लालसामा डिभी र्फम भर्ने गरेका छन्।

डिभीको शुरुवात सन् १९९५ बाट लगातार सञ्चालनमा रहेको छ । डिभीको कारण आफ्नो देशमा बेरोजगारी समस्या भित्रिएको भन्दै ट्रमले ‘डिभीद्धारा अमेरिका प्रवेश गर्ने निती बन्द गराउँछु’ भन्ने चुनावी नारानै बनाएका थिए।

प्रकाशित: १३ माघ २०७४ ०७:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App