coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिउँ पहिरोमा परेर जापानमा १ को मृत्यु, १५ घाइते

टोकियो – ज्वालामुखी विस्फोटसँगै गएको हिउँ पहिरोमा परेर जापानमा १ जनाको मृत्यु हुनुका साथै कम्तीमा १५ जना घाइते भएका छन् ।

जापानको स्कि रिसोर्टमा ज्वालामुखी विस्फोटसँगै गएको हिउँपहिरोमा परेर कम्तिमा १५ जना घाइते भएका हुन्  ।घाइते मध्येका ४ जना उक्त समय रिसोर्टमा गोन्डोला चलाइरहेका थिए । स्रोतका अनुसार ३ जनाको सकुशल उद्धार गरिएको छ । 

  घाइतेहरूले  पहाड विस्फोट भएर खसिरहेको देखेका बिबिसीमा उल्लेख छ  ।  जमिन विस्फोट हुनुको कारण भने पत्ता नलागेको उनीहरुको भनाइ छ । अधिकारीहरुले उक्त पहाड नचढ्न आदेश दिएका छन् ।

 

प्रकाशित: ९ माघ २०७४ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App