७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

महिलाले रक्सी किन्न पाउने प्रस्ताव राष्ट्रपतिद्वारा खारेज

कोलम्बो – श्रीलंकामा महिलाले कानूनी रुपमा मदिरा खरिद गर्न पाउने सरकारको प्रस्ताव राष्ट्रपति मैत्रीपला सिरिसेनाले खारेज गरिदिएका छन्।

पुरुषसरह समान अधिकार दिने भन्दै सरकारले यो प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको थियो। यसबाट यहाँका १८ वर्ष माथिका महिलाहरुले ६० वर्षभन्दा लामो इतिहासमा पहिलोपटक खुल्ला रुपमा मदिरा खरिद गर्न पाउनेवाला थिए।

तर, राष्ट्रपति सिरिसेनाले महिलालाई परमिटबिना बारमा काम गर्नका लागि अनुमति दिने र मदिरा खरिद खुल्ला गर्ने प्रावधानले श्रीलंकाली परिवारको संस्कृति नष्ट गर्ने भन्दै प्रस्ताव रद्ध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन।

उनले यसअघि नै सरकारलाई सुधारका लागि ल्याइएको भनिएको यो प्रस्ताव फिर्ता लिन निर्देशन समेत दिएका थिए। बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलंकामा रक्सी खुल्ला गरिए महिलाहरुले परिवारको संस्कृति नष्ट गर्नेमा उनको चिन्ता थियो।

सरकारले गत बुधबार महिलामाथि भेदभाव गर्ने खालको १९५५ को कानून संशोधन गर्ने घोषणा गरेको थियो। जसमा मदिरा खरिद गर्न पाउने र बारमा परमिटबिना काम गर्नका लागि बाटो खुल्ला गरेको थियो।

आलोचकहरुले राष्ट्रपतिले लैंगिक समानतालाई गम्भीर रुपमा नलिएको आरोप लगाएका छन्। 

प्रकाशित: २ माघ २०७४ १०:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App