coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियाली शरणार्थी स्वदेश फर्किने वातावरण छैन : राष्ट्रसंघ

बेरुत–सिरियाली शरणार्थीले घर फर्किन चाहेको भए पनि उनीहरुलाई स्वदेशमा रहन सक्ने सुरक्षित वातावरण अझै बन्न नसकेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ। 

राष्ट्रसंघका एकजना अधिकारीले सोमबार भनेका छन् कि सिरियाली शरणार्थीहरु अधिकांश लिबिया र अरु कतिपय छिमेकी देशहरुमा बसिरहेका छन् र उनीहरु जतिसक्दो चाँडै घर फर्किन चाहेका छन्। 

तर उनका अनुसार ती शरणार्थीले घर फर्किएर सुरक्षाको अनुभूति गर्न पाउने अवस्था अझै बनेको छैन, किनभने यहाँका आन्तरिक शरणार्थीहरुले पनि सुरक्षित वातावरण पाउन सकेका छैनन्। 

संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोगका एकजना अधिकारी स्कट क्रेगले भनेका छन्, उक्त आयोगले यो कुराको निक्र्यौल निकालेको छ कि अहिले नै सिरियाली शरणार्थी घर फर्किन पाउने अवस्था एवम् वातावरण बनेको छैन। 

गत वर्ष मात्र पनि केही शरणार्थीहरु सिरिया फर्किएका थिए तर पनि उनीहरु पनि सुरक्षित रहन सकेका छैनन् । त्यही आधारमा नै हामीले अझै सिरियाली शरणार्थीलाई स्वदेश फर्किने आधार नबनेको निष्कर्ष आपूmहरुले निकालेको उनीहरुले जनाएका हुन्।
 
क्रेगले आफूहरुले अहिले पनि सिरियाका विभिन्न स्थानमा द्धन्द्ध प्रभावित नागरिकलाई सहयोग गरिरहेको तर त्यस क्रममा पनि राष्ट्रसंघले धेरै लडाईं लड्नु परिरहेको बताए। 

स्वदेश र विदेशमा ठूलो संख्यामा सिरियाली शरणार्थी बसेका छन् । यहाँ लामो समयदेखि जारी हिंसाका कारण चार लाखभन्दा बढी नागरिकले ज्यान गुमाएका छन्। 

हिंसा अझै रोकिएको छैन। यहाँ गृहयुद्ध जारी छ । जसले गर्दा यहाँका लाखौँ लाख नागरिक स्वदेश र विदेशमै शरणार्थीका रुपमा बाँच्नु परिरहेको अवस्था छ। 

प्रकाशित: २ माघ २०७४ ०५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App