coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

निर्वासनमा गएका पूर्व नेतालाई राष्ट्रपति प्रस्ताव

म्याड्रिड– स्वतन्त्र क्याटलोनिया पक्षधर दुई पार्टीले पूर्व नेता कार्लेस पुइगडेमन्टलाई राष्ट्रपति पदको प्रस्ताव गरेका छन् ।

क्याटलन क्षेत्रलाई नेतृत्व गर्नका लागि स्वघोषित रूपमै बेल्जियम निर्वासनमा रहेका पूर्व राष्ट्रपति पुइगडेमन्टलाई आफ्नो तर्फबाट उम्मेदवार बनाउने विषयमा स्वतन्त्रता पक्षधर दुई दलबीच सहमति भएको बताइएको छ ।

समयअगावै गत डिसेम्बर २१ मा भएको क्षेत्रीय निर्वाचनमा ठूलो पार्टी बनेको स्वतन्त्र क्याटलोनिया विरोधी दलले भने पुइगडेमन्ट स्वघोषित रूपमै निर्वासनमा रहेको र उनी ‘होलोग्राम राष्ट्रपति’ मात्रै हुने बताएको छ ।
क्याटलन नेताहरुले गत अक्टोबर महिनामा एकतर्फी रूपमा स्वतन्त्रता घोषणा गरेपछि उत्पन्न राजनीतिक समस्या समाधानका लागि स्पेनी प्रधानमन्त्री मारियानो राजोयले डिसेम्बर महिनामा निर्वाचन गराएका थिए । क्याटलन नेताहरुले स्पेनको संवैधानिक अदालतले गैरकानुनी भनेको विवादास्पद जनमत संग्रहको नतिजालाई आधार मान्दै स्वतन्त्र क्याटलनको घोषणा गरेपछि म्याड्रिडले हस्तक्षेप गरेको थियो ।

समयअगावै भएको निर्वाचनमा स्वतन्त्रता पक्षधर दलहरुले हल्का बहुमत प्राप्त गरेपनि पपुलर भोटको ५० प्रतिशत भने कटाउन सकेनन् । जसको अर्थ महिनौं लामो र बढ्दो तितो राजनीतिक समस्याका समाधानको कुनैपनि सम्भावना छैन ।

स्पनेको अर्थतन्त्रको पाँचौं खम्बा क्याटलोनियामा जारी लामो समयदेखिको राजनीतिक अस्थीरताका कारण पर्यटन व्यवसाय धरासायी भएको छ भने तीन हजार भन्दा बढी कम्पनीहरु बन्द भएका छन् । क्याटलोनियाको राजनीतिक संकटका कारण उक्त क्षेत्रका दुई ठूला बैंकले आफ्नो कानुनी मुख्यालय स्पेनको अन्य क्षेत्रमा सारेका छन् ।

प्रकाशित: २७ पुस २०७४ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App