१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

ओलम्पिकमा सहभागी हुने उत्तर कोरियाको निर्णय

सियोल – दक्षिण कोरियामा सन् २०१८ को फ्रेबुअरी  मा हुने हिउँदे ओलम्पिकमा उत्तर कोरियाले सहभागी हुने निर्णय गरेको छ ।

दुई कोरियाको सीमावर्ती क्षेत्र पाममुनजोममा मंगलबार भएको उच्चस्तरीय वार्तामा सहभागीता जनाउँदै उत्तर कोरियाले ओलम्पिक खेलमा सहभागी हुने निर्णय गरेको हो ।
उच्चस्तरीय वार्ता पछि उत्तर कोरियाले ओलम्पिकमा सहभागी हुने निर्णय गरेको सियोलका अधिकारीहरूले बताए । दक्षिण कोरियाले उच्चस्तरीय वार्ताका लागि उत्तर कोरियालाई केही दिन अगाडी पत्र पठाएको थियो ।

दक्षिण कोरियाको प्रस्तावमा उत्तर कोरियाले सहमती जनाएपछि दुई मुलुकबीच मंगलबार उच्चस्तरीय वार्ता भएको हो । उत्तर कोरियाले ओलम्पिकका सहभागी हुने बताएपछि दुई कोरियाबीचको तनावग्रस्त कुटनीतिक सम्बन्धमा सुधार आउने देखिन्छ ।

दुई कोरियाबीच भएको उच्चस्तरीय वार्ताका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाप्रति केही लचक देखिएका छन् । ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनसँग वाता गर्न चाहेको बताएका छन् ।

 

प्रकाशित: २५ पुस २०७४ ०६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App