१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

ट्रम्पले लगाए पुस्तक बिक्रीमा रोक

वासिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनबारे महत्वपूर्ण विवरण उल्लेख गरिएको पुस्तक बिक्रीमा ट्रम्प प्रशासनले रोक लगाएको छ ।

अमेरिकी पत्रकार माइकल वुल्फले लेखेको  पुस्तक ‘फायर एन्ड फ्युरीः इन्साइट द ट्रम्प ह्वाइट हाउस’मा राष्ट्रपति ट्रम्प तथा ह्वाइटबारे महत्वपूर्ण विवरणहरू समावेश गरिएको छ ।

ट्रम्पका पूर्व सल्लाहकार स्टिभ बेननले दिएका महत्वपूर्ण जानकारीहरूमा आधारित भई उक्त पुस्तक लेखिएको हो  । पुस्तकमा ट्रम्प प्रशासन बारेको गोप्य सुचनाहरू समेत समावेश गरिएको छ । जसले ट्रम्प प्रशासन समस्यामा पर्न सक्ने देखिएको छ  ।

राष्ट्रपति ट्रम्प निकटका कानुन व्यवसायीहरूले उक्त पुस्तक बजारमा बिक्रीका लागि रोक लगाएका छन् ।  पुस्तकमा अमेरिकी  राष्ट्रपति निर्वाचनको समयमा ट्रम्पका छोराले रूसी कानुनी अधिकारीलाई भेटेको तथ्य समावेश गरिएको छ ।

निर्वाचनको समयमा ट्रम्प जुनियरले निर्वाचनलाई प्रभाव पार्ने गरी रूसी अधिकारीलाई भेट्नुलाई गैरकानुनी भनिएको छ  । रूसी अधिकारीसँगको  ट्रम्प जुनियरको भेटलाई ट्रम्पका पूर्व सल्लाहकार बेननले पनि  गैर कानुनी भनेको तथ्यलाई उक्त पुस्तकमा उल्लेख गरिएको छ  ।

ट्रम्पलाई राष्ट्रपतिका रूपमा निर्वाचित गराउनमा बेनन्को भूमिका महत्वपूर्ण भएको सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ । राष्ट्रपतिका रूपमा निर्वाचित भए पश्चात् बेननले आफ्ना गोप्य सूचनाहरू सार्वजनिक गरेको भन्दै ट्रम्पले अगस्टमा बेनन्लाई पदबाट बर्खास्त गरेका थिए ।  

 

प्रकाशित: २१ पुस २०७४ ०७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App