७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतको राजस्थानमा सवारी दुर्घटना, आठको मृत्यु

नयाँ दिल्ली –  पश्चिमी भारतीय राज्य राजस्थानमा भएको सडक दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ । 

प्रान्तीय राजधानी जयपुरमा ट्रक र टेम्पो एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका एकजना वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन्। 

अत्यन्त व्यस्त समयमा भएको यस घटनामा टेम्पोमा सवार व्यक्तिहरु मारिएका र घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । 

टेम्पोका चालकसहित छ व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको र अन्य दुई जनाको भने अस्पताल लगेपछि उपचारको क्रममा मृत्यु भएको बताइएको छ।

गएराति एक विबाहको समारोहमा सहभागी भएर फर्किरहेका एकै परिवारका तीन महिला र दुई बालबालिकासमेत सो दुर्घटनामा परेका प्रयत्क्षदर्शीहरुले बताएका छन्। 

यस दुर्घटनाको अनुसन्धान जारी रहेको बताइएको छ। भारत अरु देशको तुलनामा बढी सडक दुर्घटना हुने देशको सूचीमा पर्दछ। 

सडकको मर्मत संभारमा कमी, चालकको लाहपर्वाह र ट्राफिक नियम उल्लङ्घन जस्ता कारणहरुले भारतमा धेरै सडक दुर्घटना हुने गरेको अधिकारीहरुको भनाई रहेको छ। 

प्रकाशित: १९ पुस २०७४ ०९:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App