७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

पेरूमा बस दुर्घटना हुँदा ४८ जनाको मृत्यु

लिमा – ल्याटिन अमेरिकी मुलुक पेरूमा एक यात्रुवाहक बस दुर्घटना ४८ जनाको मृत्यु भएको छ । भने ६ जना घाइते भएका छन् ।

बसमा ५६ जना यात्रु सवार रहेका थिए । पेरू राजधानी लिमाबाट उत्तरमा पर्ने पासामायो क्षेत्रमा उक्त बस दुर्घटना भएको हो ।पासामायो क्षेत्रको कठिन बाटोबाट सय मिटर तल समुन्द्री क्षेत्रमा उक्त बस खसेको थियो ।

यस क्षेत्र पेरूको एक खतरा सडकमा पर्छ । यस अघि पनि यहाँ थुप्रै सडक दुर्घटनाहरू भएका छन् ।
कमजोर सडक अवस्था तथा चालकको लार्परर्वाहीका कारण पेरूमा वर्षनी करिब ४ हजार मानिसहरूको सडक दुर्घटनाका कारण ज्यान जाने गरेको एक तथ्यांकले सार्वजनिक गरेको छ ।

 

प्रकाशित: १९ पुस २०७४ ०६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App