१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

मुस्लिम महिलाले पुटिनलाई चुनौती दिने

मस्को – रूसमा सन् २०१८ मा हुने राष्ट्रपतिको निर्वाचनमा  मुस्लिम महिला ऐना गाम्टोटोवाले रसियाका तत्कालीन राष्ट्रपति भ्ल्यादिमिर पुटिनलाई चुनौती दिदै उम्मेदवारी दर्ता गर्ने घोषणा गरेकी छिन् ।  

रसियामा सन् २०१८ मा हुने राष्ट्रपतिको निर्वाचनमा तत्कालीन राष्ट्रपति भ्ल्यादिमिर पुटिनले पुन राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउने घोषणा गरि सकेका छन् ।

आफ्नो पक्षमा धेरै समर्थकहरू समेत रहेको गाम्टोटोवाले बताईन् । ४६ वर्षिया उनले राष्ट्रपति भ्ल्यादिमिर पुटिनलाई चुनौती दिदै निर्वाचनमा सफलता पाउने  दाबी  गरेकी छिन् ।

उनले मुस्लिम सम्प्रदायको हकहितका लागि आफु भ्ल्यादिमिर पुटिनलाई चुनौती दिदै निर्वाचनमा सहभागी हुने बताइन् ।

राष्ट्रपतिका लागि उनको उम्मेदवारी रसियाका मुस्लिम समुदायबीच एक चर्चाको विषय बनेको छ । साथै यसले मुस्लिम समुदायका महिलाहरू सामाजिक कार्यमा सामेल हुन सक्दैनन् भन्नेहरूलाई समेत चुनौती दिएको छ ।

 

प्रकाशित: १७ पुस २०७४ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App