१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

इरानमा प्रदर्शन जारी, दुई जनाको मृत्यु

तेहरान- इरानमा केही दिनदेखि प्रदर्शन जारी रहेको छ । ती प्रदर्शनका क्रममा गएराति मात्र दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

यस प्रदर्शनका क्रममा सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् । अधिकारीले आइतबार जनाएअनुसार मुल्य वृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हुँँदै गएका बताएका छन् ।

इरानको दोस्रो ठूलो सहर मस्साड र अरु पश्चिम इरानी सहरमा पनि हजारौँ प्रदर्शनकारीले आइतबार पनि सडकमा उत्रिएका बताइएको छ ।

प्रदर्शनकारीले देशमा आर्थिक समस्या थप जटिल बन्दै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको बताउँदै प्रदर्शन जारी रहेका उनीहरुले बताएका छन् ।

इरानका राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकारका विरुद्धमा विभिन्न सहरका ती प्रदर्शन लक्षित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनकारीले मस्साडमा गरेको प्रदर्शनको टेलिग्राम च्यानलले देखाएको थियो । ती दृश्यमा प्रदर्शन निकै नै हिंसात्मक भएका देखिएको थियो ।

नजरले याज्ड, शाह्रोड, कास्मरलगायतका साना शहरमा पनि प्रदर्शनकारीले विरोध जुलुश निकालेका छन् । प्रदर्शनको भिडियो सामाजिक सञ्जालमा समेत देखिएका छन् ।

प्रदर्शनकारीले यो आन्दोलन इरानका राष्ट्रपति रौहानीका विरुद्धमा भएको भन्दै नागरिकको हैसियतभन्दा माथि यहाँको मुल्यबृद्धि भएकोले त्यो फिर्ता नलिदासम्म आन्दोलन नरोकिने जनाएका छन् ।रासस
 

प्रकाशित: १७ पुस २०७४ ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App