coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानमा प्रदर्शन जारी, ५२ जना पक्राउ

तेहरान -इरानमा मुल्य वृद्धिका विरुद्धमा भएको प्रदर्शनका क्रममा ५२ जनालाई पक्राउ गरिएको अधिकारीहरुले शुक्रबार बताएका छन् ।

इरानको दोस्रो ठुलो सहर मस्साड र अरु ठाँउमा सयौँ प्रदर्शनकारीले विहीबार पनि सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए ।

उनीहरुले देशमा आर्थिक समस्या गहिरिँदै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको बताउँदै प्रदर्शन गरेको बताएका छन् ।

प्रदर्शन सिधै राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकारका विरुद्धमा लक्षित रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रदर्शनकारीहरूले मस्साडमा गरेको प्रदर्शनको नजरको टेलिग्राम च्यानलले देखाएको छ । एउटा महत्वपूर्ण धार्मिक क्षेत्रमा उहाँहरू भेला भएको र भजन कृतन गरिरहेको दृश्यहरूमा देखिएको छ ।

नजरले याज्ड, शाह्रोड, कास्मरलगायतका साना शहरहरूमा पनि प्रदर्शनकारीहरूले विरोध जनाएको समाचार आएका छन् । प्रदर्शनकारीहरूले गरेको प्रदर्शनको भिडियोहरू सामाजिक सञ्जालहरूमा समेत देखिएका छन् ।
गत हप्ता देखि अण्डाको मुत्य दोब्बर भएको छ । आन्दोलन निकै तल्लो तहबाटै उठेको स्थानीय एक सांसदले बताएका छन् ।

“यहाँ मुख्य समस्या अवैधानिक आर्थिक संस्थाहरुका कारण सृजना भएको छ,” मस्साड नजिकैको नेशाबर सहरबाट प्रतिनिधिन्व गर्ने हमिद गर्माबीले भन्नुभयो ।पुर्व राष्ट्रपति मोहम्मद अहमदिनेजादको कार्यकालमा सन् २००५ देखि २०१३ सम्म अत्यधिक अनाधिकृत संस्थाहरु खुलेका थिए ।
 

प्रकाशित: १५ पुस २०७४ ०६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App