४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

निर्वाचनको समीक्षा गर्न राहुल गान्धी हिमाञ्चल जाँदै

नयाँ दिल्ली - भारतीय राष्ट्रिय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी हालै सम्पन्न विधान सभाको निर्वाचनपछि  निर्वाचनबाट प्राप्त परिणामको समीक्षा गर्न शुक्रबार हिमाञ्चल प्रदेश जाँदै छन् ।

विधान सभाको हालै सम्पन्न निर्वाचनमा हिमाचल प्रदेशमा सो पार्टीले पराजय भोगेको थियो । निर्वाचनको समीक्षाको लागि उनी त्यहाँ पुग्न लागेका हुन् ।

 हिमाञ्चल रदेशमा विधानसभाको ६८ सिटमा काँग्रेस पार्टीले २० र भारतीय जनता पार्टी ९ बिजेपी०ले ४४ सिटमा विजय हासिल गरेको थियो ।

अघिल्लो कार्यकालमा भारतीय काँग्रेसले नै सरकार बनाएको सो प्रदेशमा यस पटकको चुनावमा भने काँग्रेसले पराजय भोग्नु परेको थियो ।

अध्यक्ष गान्धीले गर्नृे हिमाली राज्यको एक दिने यस भ्रमणका क्रममा सिम्लामा निर्वाचन खटिएका कार्यकर्ता र मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको बताइएको छ ।

यसअघि पनि निर्वाचनको समीक्षाकै लागि अध्यक्ष गान्धी यसै हप्ताको सुरुमा गुजरात पुग्नु भएको थियो । गुजरातमा भने यसअघिको तुलनामा विधान सभाको निर्वाचनमा काँग्रेस पार्टीले बढी स्थानमा विजय हात पार्न सफल भएको थियो । रासस

प्रकाशित: १४ पुस २०७४ १०:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App