१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाइने

प्योङयाङ– संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले उत्तर कोरियामाथि थप कडा प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरेकी थिइन् ।

अमेरिकाको उक्त प्रस्तावलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का सबै सदस्य मुलुकहरूले स्वीकार गरेका थिए ।
उत्तर कोरियाले पछिल्लो समय गरेको अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण विश्वमा एक साझा चुनौतीको रूपमा देखा परेको छ।

थप प्रतिबन्ध अनुसार संयुक्त राष्ट्रसंघले उत्तर कोरियामा निर्यात हुँदै तेल तथा पेट्रोलियम पदार्थमा कमी गर्ने भएको हो।

उत्तर कोरियाले गरेको ब्यालेस्टिक मिसाइल परीक्षणका कारण संयुक्त राष्ट्रसंघले यसअघि नै उत्तर कोरियामाथि व्यापारिक नाकाबन्दी लगाएको थियो।

 

प्रकाशित: ८ पुस २०७४ ०६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App